हिपमत डटकम

शुक्रबार, माघ १६, २०७७ || 557  पटक पढिएको

अभिनेत्री रेखा थापा पछिल्लो समय फिटनेसका कारण चर्चामा छिन् । लकडाउनको अवधिभर फिटनेशमा ध्यान दिएर उनले करिव २० केजी तौल घटाएको समाचारसमेत बाहिर आएका थिए ।

उनी अहिले नयाँ फिल्म निर्माणको तयारी पनि गर्दैछिन् । त्यही फिल्म अभिनयका लागि उनले तौल घटाएको चर्चा पनि नचलेको होइन । यस विषयमा उनले आधिकारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ ।

केही अगाडि तामझामका साथ राजनीतिमा पनि प्रवेश गरेकी उनी पछिल्लो समय राजनीतिमा त्यति सक्रिय छैनन् ।

सामाजिक अभियन्ताको रुपमा समेत परिचित रेखा सामाजिक संन्जालमा आफ्नो प्रभावकारी अभिव्यक्ति समेत राख्दै आएकी छन् ।

यस्तैमा आज शुक्रबार शहीद दिवसको अवसर पारेर उनले महिलामाथि हुने विभिन्न प्रहारको विरुद्ध प्रतिकार गर्नुपर्ने बताएकी छन् । उनले महिलामाथि हुने प्रहारहरुलाई महिलाले नै प्रतिकार गर्नुपर्छ भन्दै अन्याय सहेर बस्ने कि प्रतिकार गर्ने भन्ने महिलामै भरपर्ने धारणा राखेकी छन् ।

उनी लेख्छिन्, ‘यो संसारको सबैभन्दा ठूलो विपत्ति भनेको महिलालाई लक्षित गरेर हुने भौतिक, मानसिक, सामाजिक र नैतिक प्रहारहरु हुन् । महिलाहरुमाथि अघोषित युद्ध नै थोपरिएको छ । अब रोजाइ महिलाको हातमा छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!