हिपमत डटकम

शुक्रबार, माघ १६, २०७७ || 767  पटक पढिएको

झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!