हिपमत डटकम

शुक्रबार, माघ १६, २०७७ || 783  पटक पढिएको

भारतीय हास्य कलाकार कपिल शर्मा र उनकी श्रीमती गिन्नी चतरथ चाँडै नै दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यो कुराको खुलासा कपिल शर्मा आफैंले दिएका हुन् । ट्वीटरमा गरिएको प्रश्नोत्तर सेसनमा उनले सो कुरा बताएकाह हुन् । यसबाहेक कपिल आफैंले कपिल शर्मा शो बन्द हुन लागेको पुष्टि गरेका छन् ।

दोस्रो पटक पिता बन्दैछन् कपिल शर्माः

ट्वीटरमा थुप्रै प्रशंसकले #AskKapil का बेला हास्यकलाकारलाई विभिन्न प्रश्न सोधे र कपिलले यसको जवाफ पनि दिए । एक प्रशंसकले सोधे, ‘कपिल शर्मा सर, शो अफ एयर किन हुँदैछ ?’ यसको जवाफमा कपिल शर्माले भने, ‘किनभने म दोस्रो सन्तानको आगमनका बेला आफ्नी श्रीमतीसँग हुनुपर्नेछ ।’

त्यसपछि अर्का एक प्रशंसकले कपिललाई छोरा चाहन्छन् कि छोरी भनेर प्रश्न सोधे । प्रशंसकले सोधे, ‘तपाईं अनायराका लागि के चाहनुहुन्छ, भाइ कि बहिनी ?’ यसमा कपिलले लेखे, ‘छोरा हुन् कि छोरी, तन्दरुस्त भए पुग्छ ।

केही दिन अघि कपिल शर्माको कमेडी शो बन्द हुन लागेको खबर आएको थियो । यद्यपि, च्यानलको तर्फबाट यसबारे कुनै पुष्टि गरिएको थिएन । कपिल शर्माको शो चाँडै नै बन्द हुने र केही समय पछि यो नयाँ सिजनका साथ आउने जानकारीमा उल्लेख छ । स्मरण रहोस्, कोरोनाका कारण लागू भएको लकडाउनपछि जुलाई २०२० मा द कपिल शर्मा शो केही भिन्नतासहित फिर्ता भएको थियो ।

नेटफ्लिक्समा देखिनेछन् कपिल शर्माः

कपिल शर्मा चाँडै नै नेटफ्लिक्समा देखिनेछन् । उनले एक रोचक भिडियोमार्फत् यो कुराको घोषणा गरेका थिए । उनले भिडियो सेयर गर्दै लेखेका थिए, ‘यो निकै शुभ खबर हो । अफवाहमाथि विश्वास नगर्नुहोस् साथीहरु, मेरो मात्रै विश्वास गर्नुहोस् । म चाँडै नै नेटफ्लिक्समा आउँदैछु ।’

कपिल शर्मा शोबारे खासै धेरै जानकारी सार्वजनिक भएका त छैनन् । केही समय अघि कपिलले आफ्नो युट्युब च्यानलमा बहाइन्ड द जोक्स विद कपिल नामको सिरिजको सुरुवात गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!