हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 941  पटक पढिएको

Ads by AdMana.net
हरेकवर्ष जस्तै यस वर्ष पनि श्री स्वस्थानी व्रत माघ १५ गते बिहिवार बाट प्रारम्भ भएकाे छ ।पाैष शुक्लपक्षकाे पूर्णिमा देखि माघ शुक्लपक्षकाे पूर्णिमा सम्म विशेष पर्वका रुपमा मनाउने परम्परा रहिआएको छ ।

यसवर्ष असाेजमा मलमास परेकाले ढिलागरी स्वस्थानी व्रत सुरुभएकाे हाे । विशेषगरी बिहिवार पुष्य नक्षत्रबाट व्रत प्रारम्भ भएकाले विशेषरुपमा हेरिएको छ यस्ताे संयाेग प्राप्तिका लागि लामाेसमय कुर्नुपर्ने शास्त्रमा उल्लेख गरेको छ ।

शास्त्रका अनुसार यस्ता याेगकाे संयाेग हुदा लिइने व्रत तथा उपाशनाले मनाेकामना पूर्ण हुनुका साथै घरमा लक्ष्मीकाे आगमन समेत हुनेछ भनेर मुहुर्त चिन्तामणिमा उल्लेख गरिएकाे छ । लामाे समयकाे अन्तरालमा स्वस्थानी व्रत प्रारम्भमा यस्ताे संयाेग जुरेकाे हाे ।

हरेक वर्षकाे पाैष शुक्लपक्ष देखि माघ शुक्लपक्ष सम्म स्वस्थानी व्रत लिने र कथा स्रबण गर्ने धार्मिक विधान रहिआएकाे ।

हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाकाे शिवलिङ्ग बनाई श्री स्वस्थानीकाे व्रत बसेर मनाेकाङ्क्षा पूरा भएपछि उहाकै आज्ञाअनुसार लाेककल्याणका लागि पृथ्वीमा बसाेवास गर्ने हरुकाे सुख, शान्ति एैश्वय प्राप्त हाेस कसैले दुख कष्ट भाेग्न नपराेस भनेर प्रारम्भ भएकमे विभिन्न पुराण हरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीकाे व्रतकाे सुरुवात भगवान् विष्णुकाे सल्लाहमा पहिलाे पटक पार्वतीले गर्नु भएकाे हाे । महादेवकि पत्नी सतीदेवीले आफ्ना बाबुले गरेकाे यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालयर मेनकाकी छाेरी पार्वतीका रुपमा उनकाे जन्म भएकाे हाे । आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहकाे कामना सहित गरिने व्रत हाे । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीकाे कथा पारायण गर्नु पर्ने छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन र विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गाेकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गाैरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रकाे विशेष वर्णन गरिएकाे छ । स्वस्थानीमा वर्णन गरिएकाे लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेकाे छ । मुलुक भर शिवकाे मन्दिरमा पुजा तथा स्वस्थानीकाे पाठ सुन्ने प्रचलन रहिआएको छ ।

स्वस्थानी व्रतकाे साङ्गेता या समापन गर्नका लागि फागुन १५ गते शनिबारका दिन वैदिक विधिअनुसार समापन गर्दा मनाेकामना पूर्णहुने तथा सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । उक्त दिन समापन गर्नकालागि श्रीस्वस्थानी माताकाे पुजा तथा पाठ पारायण गरेर पुरै अध्याय समापन गरि पुस्तकाेे पञ्चाे पचारले पुजारी नयाँ वस्त्रले उक्त पुस्तक बाधेर घरकाे पुजा तथा मन्दिरमा राखेर दैनिक पुस्तककाे पुजा गर्नु पर्ने शास्त्रीय विधान रहिआएकाे छ।

यसरी समापन गर्दा व्रत वस्ने हरुलाई त राम्राे भैनै हाल्याे हरेक दिन कथा स्रवण गर्ने हरुलाई पनि सुख शान्ति तथा लक्ष्मीकाे कृपा रहिरहने छ । स्व भन्नाले आफ्नाे स्थानी भनेकाे नजिमा रहेका देवी देवता भन्ने बुझिन्छ । व्रतकाे साङ्गेताका दिन समस्त मनाेरथ पूर्ण हाेस् भनी १०८ पुष्प, १०८ अक्षता, १०८ बेलपत्त्र, १०८ पान १०८ सुपारी, १०८ राेटि, लगाएतका सबै १०८ का दरले समर्पण गरि आठ अाेटाका दरले आफैले ग्रहण गर्नु पर्ने छ । या जुन कामनाले व्रत लिएकाे हाे तेही पुराहाेस् भनी गंगामा चढाएपनि उत्तम फल मिल्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!