शेयर सप्ताहको अन्तिम दिन बिहीवार नेप्से परिसूचक १६.५५ अंकले तल झरेर २४२५.२९ मा बन्द भएको छ । २४५०.५० को अंकबाट शुरु भएको बजार दोस्रो आवर पश्चात लगातार ओरालो लागेर २४२५.२९ मा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ४.३२ अंकले तल झरेर ४४२.०६ मा बन्द भएको छ ।

परिसूचक ओरालो लागेपनि कारोबार रकममा वृद्धि भएको हो । बुधवार ८ अर्ब ६२ लाख ३८ हजार ७७० को कारोबार भएको यस बजारमा बिहीवार ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ को टर्नअभर भएको छ । २०९ कम्पनी सहभागी भएको यस बजारमा २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर खरिद विक्रि भएको छ । ननलाइफ इन्सोरेन्स, मेनुफेक्चरिङ्ग एण्ड प्रोडक्ट र माइक्रोफाइनेन्समा हरियो देखिए पनि अन्य सबै क्षेत्र रातो देखिएको छ ।

बिहीवारको बजारमा लाभकर्ता कम्पनी मध्ये सर्वाधिक एस एल बी एस र एस आइ सी को १० प्रतिशत रहेको छ भने ५ कम्पनीको ९ प्रतिशत भन्दा बढी रहेको छ । यस बजारमा सर्वाधिक कारोबार भएको क्षेत्र मध्ये कमर्सियल बैंक २ अर्ब २५ करोड ४२ लाख ४७ हजार ८६६, ननलाइफ इन्सोरेन्स १ अर्ब ८४ करोड १९ लाख १७ हजार ४५२, लाइफ इन्सोरेन्स ५७ करोड ७८ लाख २९ हजार ८४९, माइक्रो फाइनेन्स ५७ करोड १३ लाख ३१ हजार २०९ र हाइड्रो पावरको ५० करोड ९८ लाख ९२ हजार ४८२ र रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!