बलिउड अभिनेता वरुण धवनले श्रद्धा कपुर र रोहन श्रेष्ठको विवाहबारे थोरै केही हिन्ट दिएका थिए । त्यतिबेला देखि नै यी दुई चर्चाको केन्द्रमा छन् । नेपालमा यसै पनि बलिउड कलाकारबारे धेरैको चासो हुन्छ त्यसमाथि पनि रोहन श्रेष्ठ नेपाली मूलका परे, त्यसैले यी दुईको विवाह हुन लागेको खबरले नेपालीहरुको पनि कान ठाडा भएका छन् ।

छोरीको रोहन श्रेष्ठसँग विवाहको हल्ला चलेपछि श्रद्धाका पिताको प्रतिक्रिया आएको छ । उनले श्रद्धा र रोहन बाल्यकालदेखि कै साथी हुन् र उनीहरुबीच त्यस्तो केही नभएको स्पष्ट पारेका छन् ।

भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘मलाई थाहा छैन कि इन्टरनेटमा कस्तो प्रकारको रिपोर्ट आइरहेका छन् वा कस्ता हल्ला चलिरहेका छन् । म यति मात्र भन्न चाहन्छु कि म मेरी छोरीको साथमा छु र सधैं रहनेछु । चाहे उनले आफ्नो जीवनमा जुनसुकै निर्णय किन नलिउन् । यहाँ सम्म कि विवाहको कुरा नै किन नहोस् । रोहन श्रेष्ठ मात्रै किन ? यदि उनले मलाई कोही केटा लिएर आएर ‘म यो केटासँग विवाह गरेर सेटल हुन चाहन्छु’ भनिन् भने म उनलाई रोक्न चाहन्नँ । मलाई उनको निर्णयमा कुनै आपत्ति हुने छैन ।’

शक्ति कपुरले रोहन श्रेष्ठबारे पनि कुरा गरेका छन् । उनले भनेका छन्, ‘रोहन श्रेष्ठ निकै राम्रो छन् । उनी घरमा आउने जाने गरिरहन्छन् । यस्तो उनी बाल्यकालदेखि नै हुँदै आएको छ । श्रद्धाले मलाई बताएकी छैनन् कि उनी रोहनसँग विवाह गर्ने योजनामा छिन् । मेरा लागि त उनीहरु बाल्यकालका साथीहरु मात्रै हुन् । मलाई थाहा छैन कि यी दुई एक–अर्काका लागि यति सिरियस पनि छन् ।’

स्मरण रहोस्, रोहन श्रेष्ठले वरुण धवन र नताशा दलाललाई विवाह दिनका लागि एउटा पोस्ट सेयर गरेका थिए । यसमा वरुण धवनले कमेन्ट गर्दै श्रद्धा र रोहनको सम्बन्धबारे थोरै हिन्ट दिएपछि यस्तो हल्ला सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!