हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 481  पटक पढिएको

दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।

सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो । कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो । यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २।८ ले वृद्धि भई दुई खर्ब १२ अर्ब डलर पुगेको छ ।

कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो । कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!