हिपमत डटकम

शुक्रबार, पौष ११, २०८२ || 85  पटक पढिएको

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवाद, नवउदारवाद र पुँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता तीव्र रूपमा बढ्दै गएको बताएका छन्।

माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले आजको विश्व परिस्थितिमा राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको र आम जनताको जीवन झन् कठिन बन्दै गएको उल्लेख गरेका छन्। यस्तो अवस्थामा अध्यक्ष माओका विचार, उहाँको सङ्घर्ष र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण अझै पनि अत्यन्त सान्दर्भिक रहेको उनले बताए।

उनका अनुसार माओले देखाएको मार्ग केवल ऐतिहासिक स्मृति मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण तथा जनताको स्वामित्वमा आधारित वास्तविक लोकतन्त्र स्थापनाका लागि आज पनि व्यावहारिक मार्गदर्शन हो।

प्रचण्डले सामन्तवाद अन्त्यका लागि गरिएको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै यस प्रक्रियाले पार्टीको वैचारिक स्पष्टता, सङ्गठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताए। मार्क्स, लेनिन र माओका योगदानसँगै नेपाली क्रान्तिकारी अनुभवको संश्लेषण गर्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढ्नु कम्युनिस्ट क्रान्तिकारीहरूको मुख्य दायित्व भएको उनले बताए।

उनले माओ दिवसको सन्दर्भमा अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिविरुद्ध कडा वैचारिक तथा राजनीतिक सङ्घर्ष अपरिहार्य रहेको स्पष्ट पारे। विचारमा स्पष्टता, व्यवहारमा एकता र सङ्घर्षमा दृढता नै माओलाई स्मरण गर्ने वास्तविक र सार्थक अर्थ भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!