हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 491  पटक पढिएको

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्तावको विपक्षमा सबै रिपब्लिकन सिनेट सदस्यहरु उभिने देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसद्मा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको हो । राष्ट्रपतिका रूपमा ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाअभियोग प्रस्ताव विचाराधीन छ ।

डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले भने ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । प्रस्तावउपर फेब्रुअरी ९ मा सिनेटमा छलफल सुरु हुँदै छ ।

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लिकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ दिनुपर्छ । अमेरिकी कानुनबमोजिम कुनै पनि राष्ट्रपतिविरुद्धको महाभियोग सिनेटबाट पारित हुन दुई तिहाइ मत आवश्यक पर्छ । सय सदस्यीय सिनेटमा हाल डेमोक्रेट र रिपब्लिकनका ५०/५० सदस्य छन् ।

ट्रम्प जिम्मेबारीबाट अलग भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य नरहेको दाबी केन्टुकी राज्यका रिपब्लिकन सिनेटर रान्ड पलको दाबी गरेका थिए । उनको उक्त प्रस्ताव सिनेटमा भएको मतदानले ५५/४५ ले अस्वीकार गरिसकेको छ ।
मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको दाबी गरेका छन् ।

महाभियोगको सुनुवाइको अध्यक्षता गरेका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मंगलबारको प्रारम्भिक सुनुवाइपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । हाल लेहीको स्वास्थ्य अवस्था सुधार भइसकेको उनका प्रवक्ताले बताएका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रम र सराह स्यान्डर्स अर्कान्सस राज्यको गभर्नरका लागि चुनाव लड्ने समाचारसँगै रिपब्लिकन दलभित्र ट्रम्पको प्रभाव निकै रहेको अनुमान गरिएको छ । स्यान्डर्स ट्रम्प कार्यकालमा ह्वाइटहाउसकी प्रेस सचिव थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!