हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 522  पटक पढिएको

कोरोना सङ्क्रमणका कारण अति प्रभावित बनेको होटल क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरलाई मासिक न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नयाँ सहमति भएको छ ।
यसअघि असार २८ गते भएको सहमति पुस १६ गते सकिएको तर परिस्थिति अझै उस्तै भएकाले नयाँ सहमति भएको होटल सङ्घ नेपाल (हान)ले जनाएको छ । सहमतिमा हानसहित विभिन्न तीनवटा टे«ड युनियनका अध्यक्षले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार एकतारे होटल÷रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीले मासिक दुई हजार रुपियाँ पाउनेछन् । त्यसपछि दुईतारे होटलमा दुई हजार पाँच सय, तीनतारे होटलमा तीन हजार, चारतारे होटलमा चार हजार र सबैभन्दा बढी पाँचतारे होटलमा मासिक पाँच हजार रुपियाँ पारिश्रमिकस्वरूप उपलब्ध गराउने सहमति भएको छ । पर्यटकस्तरीय होटल÷रिसोर्टमा भने आपसी समझदारीमा तोक्नसक्ने उल्लेख छ । सहमति अवधिभर कर्मचारीले चाडपर्व खर्च, बोनस र भ्रमण भत्ता पाउने छैनन् ।

होटल सञ्चालनका लागि चक्रीय प्रणाली र आवश्यकताका आधारमा काममा लगाइने सहमति भएको छ । त्यस्ता कर्मचारीको हकमा खाइपाई आएको पारिश्रमिक उपलब्ध हुनेछ । सहमतिको समयभर तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई काममा नलगाइने उल्लेख छ । काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीले दाबी गर्न पाउने छैनन् ।

सहमतिको अवधिभर श्रमिक वा कर्मचारीको रोजगारीको सुनिश्चितता भने हुनेछ । यद्यपि स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजीनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदका कारण अवकाश पाउनेलाई बन्दाबन्दी अगाडि खाइपाई आएको सुविधा दिई सेवा अन्त्य गर्न पाइनेछ ।

सहमति अवधिभर रकम प्राप्तगरी सम्झौता अवधि समाप्त भएपछि एक महिनाअगावै सूचना नदिई अलग भएमा प्रतिष्ठानबाट पाउने उपदान वा अन्य कुनै शीर्षकको रकमबाट कट्टी हुने भएको छ । सहमतिको कार्यान्वयनका लागि टे«ड युनियन सम्मिलित कार्यदल गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!