हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 820  पटक पढिएको

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ ।

श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार माघ ९ गते राति श्रीमती रमामाया घलान (बजु) लाई टाउकोमा बञ्चरोको पासोले प्रहर गरेका थिए ।

त्यसपछि रमामाया गम्भीर घाइते भई उपचारका लागि चुरे हिल अस्पताल मकवानपुरमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा माघ १० गते बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।

फरार रहेका शेरबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

शेरबहादुरलाई सिन्धुली जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!