हिपमत डटकम

बिहिबार, माघ १५, २०७७ || 1010  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने भएको छ । सो पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकले आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने कार्ययोजनासहितको निर्णय गरेको छ ।

बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा हुँदै गएको ठहर गर्दै आन्दोलनलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताएका छन् ।

अध्यक्षद्धयले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले यसमा कुनै दुविधा नरहेको पनि बताएका छन् ।
सम्बोधनका क्रममा अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनैपनि तानाशाही कदमको सशक्त प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको संघर्ष समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेपछि त्यसको सवैतिरबाट विरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!