रबिन्द्र बराल

बिहिबार, माघ १५, २०७७ || 496  पटक पढिएको

बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गतको झापा मोरङ खण्डको रतुवामाई नगरपालिका ५ स्थित पराेपकार स्वर्गद्वारी घाट बाट गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा बिधुत चाेरी गरेर काम गरेकाे फेला परेको छ । कल्भट बनाउन का लागि खाल्डाेमा जमेकाे पानी फ्याक्न का लागि बिधुत बाट सन्चालन हुने माेटर र फलाम काट्न का लागि प्रयोग गरिने मेसिन समेत चाेरी कै बिधुत बाट काम गरेकाे पाईएकाे हाे ।

गजुरमुखि जेभि ले पराेपकार स्वर्गद्वारी घाट मा रहेकाे बाेड बाट बिधुत आफू खुशी चाेरी गरेर काम गरेको पराेपकार घाटका अध्यक्ष कमल घिमिरे ले बताए । उनले भने आफू ले बारम्बार बिधुत नलैजान आग्रह गर्दा समेत घाट बाट बिगत १० दिन अगाडि देखि बिधुत चाेरी गरेर लगेको उनलेे बताए । नेपाल बिधुत प्राधिकरण रंगेली ले चाेरी गरेर काम गरेकाे पानी पटाउने माेटर र ५ सय मिटर तार र बाल समेत नियन्त्रणमा लिएको छ । यसरी ठुला ठेक्केदार कम्पनी हरुले गाैर कानुनी रुपमा बिधुत चाेरी गरेर काम गरिरहेकाे बारम्बार फेेेेला समेत परिरहेकाे छ ।

प्राधिकरणले उक्त कम्पनी लाई ५ देखि ७ हजार रुपैयाँ सम्म जरिवाना लिएर साे सामान छाड्न सकिने रंगेली प्राधिकरण का प्रमुख अबधेश गुप्ताले बताए । साे सडकमा अहिले ठाउँ ठाउँमा कल्भट निर्माणकार्य भईरहेता पनि ठेक्केदार कम्पनी ले भने कल्भट निर्माण गर्न क्रममा यसरी बिधुत चाेरी गरेर काम गरि रहेका छन । उक्त ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मैका छाेपि ठेक्केदार कम्पनी हरु ले यसरी बिधुत चाेरी गरेर काम गरेका छन । रतुवामाई नगरपालिका देखि सुनवर्सि नगरपालिका काे भित्र काेे सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनी काे दुई खण्डमा गरि साे सडक कालोपत्रे गर्न ७७ कराेड ६७ लाख६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!