नक्कली बिलबिजक प्रयोग गरी कर छली गरेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्दा चलाएको हो ।

९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्दा चलाएको हो ।

विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका कर सहयोगी र लेखापरीक्षकविरुद्ध समेत मुद्दा चलाएको छ । सो कर छलीमा कर सहयोगीहरु गंगाप्रसाद भट्टराई रमेश घिमिरे र तोयानाथ अधिकारी तथा लेखा परीक्षकहरु सुरेन्द्र कुमार इङ्गनाम, टंक राउत, दीपक निरौला र दीपक कोइराला विरुद्ध मुद्दा चलाएको हो । सो मुद्दामा भ्याटतर्फ ३४ करोड, आयकरतर्फ ६५ करोड र लाभांश करतर्फ ५ करोड रुपैयाँ कर छली भएको विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!