नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी वैचारिक र राजनीतिक रुपमा पार्टी फुटिसके पनि कानुनी रुपमा नफुटेको बताएका छन् । उनले नेकपा विभाजन हुनुमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बराबरी दोषी रहेको पनि आरोप पनि लगाएका छन् ।

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने गर्दा अहिलेको अवस्था आयो’ गौतमको भनाई छ । बुधबार पार्टी एकता घोषणा अभियानको घोषणा गर्दै गौतमले पार्टी एक भएरै छाड्ने दावी पनि गरे ।

अहिले विभाजित नेकपाका दुवै पक्षले निर्वाचनबारे आ–आफ्नै दावी पेश गरिरहेको भन्दै केपी शर्मा ओली पक्षले वैशाखमा हुने निर्वाचनमा आफ्नो पक्षले दुई तिहाइ ल्याउने र प्रचण्ड माधव पक्षले २ वर्षपछि हुने निर्वाचनमा ल्याउने भनिरहे पनि त्यो विश्वास गर्न नसकिने गौतमको भनाई छ ।

गौतमले अघिल्लो निर्वाचनको हिसाव किताव सुनाउँदै गत चुनावमा पार्टी एकता गरेर जाँदा नेकपाको पक्षमा लहर आएको र जम्मा ४३ लाख मत आएको पनि सुनाए । उनले त्यसबेला काँग्रेसले ३० लाख मत ल्याएको भन्दै अहिलेको अवस्थामा नेकपामा लहर नआउने बताए । ‘अहिलेसम्म ५,७ लाख मतदाता बढे होलान् । दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ । २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ’, गौतमको भनाई छ ।

उनले काँग्रेसको भोट बढ्ने प्रक्षेपण गर्दै पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्ने हिसाब सुनाए । पार्टी अलग–अलग भएर चुनाव लड्दा पराजित हुने भन्दै दुई चार ठाउँमा जित्न सकिए पनि अर्कै पार्टी सरकारमा पुग्ने पक्का भएको बताए । उनले अबको पार्टी माक्र्सवादमा आधारित समाजवादी पार्टी बन्ने दावी समेत गरे । दुई चरणमा पार्टी एकता अभियान चलाउने र अन्तिममा पार्टी एकता नभए त्यसपछि अभियानको बैठक बसेर निर्णय गर्ने तर आफ्नो छुट्टै पार्टी नहुने गौतमले जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!