हिपमत डटकम

बुधबार, माघ १४, २०७७ || 693  पटक पढिएको

भारतको केन्द्र सरकारको कृषि कानूनविरुद्ध किसानले गणतन्त्र दिवसको दिनमा (मंगलबार) ट्रयाक्टर र्यालीको आयोजना गर्यो । यतिबेला प्रहरीसँग किसानको हिंस्रक झडपसमेत भएको छ । वास्तवमा किसानले विभिन्न स्थानमा ब्यारिकेड्सलाई तोडेर दिल्लीमा प्रवेश गर्ने कोसिस गरिरहेका थिए तत्पश्चात् दिल्ली प्रहरीले उनीहरुमाथि लाठीचार्ज गरेको हो । यसका कारण रिसाएका एक किसानले तरवार निकालेर प्रहरीलाई नै लखेटिदिए ।

अक्षरधाम मन्दिर नजिकै किसानलाई रोक्नका लागि ब्यारिकेड लगाइएको थियो । केही किसानको जमातले ट्रयाक्टरसहित ब्यारिकेडिङ तोडेर दिल्लीतर्फ छिर्ने कोसिस गर्दा प्रहरीले अश्रु ग्यासको गोला छोडे र उनीहरुमाथि लाठीचार्ज गरे, किसानलाई त्यहाँबाट लखेट्न सुरु गरियो । यो देखेर रिसाएका एक किसानले तरवारमार्फत् प्रहरीहरुलाई तर्साउने कोसिस गरे र उनीहरुलाई पछि हट्न बाध्य पारिदिए ।

किसानको ट्रयाक्टर र्याली दिल्लीमा प्रवेश गरेसँगै त्यहाँको धेरैजसो स्थानमा भारी जामको स्थिती पैदा भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!