गणेश कुमार ठाकुर

मंगलबार, माघ १३, २०७७ || 975  पटक पढिएको

सिरहा । विश्व महामारीको रूपमा फैलिएको कोविड १९ ले गर्दा रोकिएको चालक अनुमति पत्रको परीक्षा सञ्चालन भएको छ ।

यातायात व्यवस्था कार्यालय लहान सिरहाले परीक्षाको किसिम र समय तोक्दै सवारी चालक अनुमति पत्रको परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ । पौष २० गते सार्वजनिक गरिएको से सूचनामा नयाँ परीक्षार्थी र पुनः प्रयोगात्मक परीक्षा (रि–ट्रइल) परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरिएको यातायात व्यवस्था कार्यालय लहानका प्रमुख मीनबहादुर भट्टराइले जानकारी दिए ।

कार्यालय प्रमुख भट्टराइले भने, ‘हामीले कोभिडको जोखिमलाई न्यूनीकरण गर्न उच्च मापदण्ड तय तरेका छौै । उहाँले विधिसम्मत प्रक्रिया पुरा गरी आफैले लिखित र प्रयोगात्मक (ट्रइल) परीक्षा पास गर्ने आवेदकले मात्र सवारी चालक अनुमति पत्र पाउने बताउनु भयो । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मन्त्रालयले सातै प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि अनलाइन फाराम खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!