हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 696  पटक पढिएको

उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञ भागेर शरण लिन दक्षिण कोरिया पुगेका सञ्चारमाध्यमहरूले जनाएका छन् । कुवेतका लागि उत्तर कोरियाली कार्यवाहक राजदूत र्‍यु ह्युन–वू सन् २०१९ को सेप्टेम्बरमा परिवारसहित भागरे दक्षिण कोरिया पुगेका मेइल दैनिकले जनाएको छ ।

उक्त अखबारमा प्रकाशित समाचारअनुसार सन्तानको भविष्य उज्वल बनाउन चाहेका कारण र्‍युले आफू भागेको बताएका हुन् ।

दक्षिण कोरियाली अधिकारीहरूले भने र्‍यु आफ्नो देशमा आएको पुष्टि गर्न अस्वीकार गरेका छन् । दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले र्‍यु सन् २०१९ को सेप्टेम्बरमा शरण खोज्दै दक्षिण कोरिया पुगेका जनाएका छन् । तर उनले शरण मागेको कुरा अहिलेसम्म गोप्य राखिएको थियो । उनी सन् २०१७ देखि कुवेतका लागि उत्तर कोरियाको कार्यवाहक राजदूत थिए ।

र्‍युका ससुराले पहिला उत्तर कोरियाको गोप्य कोषको नेतृत्व गरेका बताइएको छ । उत्तर कोरियाबाट प्रत्येक वर्ष करिब एक हजार जना भागेर दक्षिण पुग्छन् । तर वरिष्ठ कूटनीतिक अधिकारीहरू भाग्ने घटना भने निकै कम छन् । कडा सुरक्षा हुने सीमा क्षेत्रबाट दक्षिण कोरिया छिर्न वा चीनसँगको सीमा पार गर्न निकै ठूलो जोखिम रहेको छ ।

सन् २०१८ मा इटालीमा खटाइएका एक कूटनीतिज्ञ बेपत्ता भएका थिए । सन् २०१९ मा भागेका जो सोङ–गिलबारे एक वर्षपछि मात्रै सूचना सार्वजनिक भएको थियो । त्यस्तै यूकेका लागि उत्तर कोरियाका राजदूत थाए योङ–हो पनि सन् २०१६ मा परिवारसहित भागेका थिए । उनी अप्रिलमा भएको दक्षिण कोरियाको संसदीय चुनावमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!