हिपमत डटकम

मंगलबार, माघ १३, २०७७ || 1213  पटक पढिएको

गायक प्रविन वेडवाल र नवगायिका रंगिला बटालाको स्वरमा रहेको ‘थोरै खुशी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसेर नेपाली सुगम संगीतमा योगदान पुर्याइरहेका गीतकार गोपाल लोहारको रहेको छ। यस गीतलाई बसन्त सापकोटाले संगीतवद्द गरेका हुन् भने बिशम आचार्यले संगीत संयोजन गरेका हुन्।

जीवन भोगाइको यथार्थलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धी निरौलाको जिवन्त अभिनय देख्न सकिन्छ। श्याम तामाङले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको निर्देशनमा तयार पारिएको हो। गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!