बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापा माेरङ सडक खन्ड मा पर्ने रंगेली नगरपालिका भित्र सडक काे काम द्रुतगतिमा भईरहेकाे छ ।

गत पुस महिना मा शिलान्यास गरिएको हुलाकी सडक काे काम ११ महिना मा ८० प्रतिशत काम सम्पन्न भएको छ । नेपाल सरकार काे मापदण्ड अनुसार रंगेली नगरपालिका काे बेताैना देखि मधुवनी चाेक सम्म ७. ५ किलोमिटर काे सडक मा एक सय फिट चाैडाई गर्ने र अवधारणा अनुसार साे सडक काे दायाँबायाँ मा रिटेरिङ बाल र बजार क्षेत्र पक्कि नाला निर्माणकार्य गर्ने कालिका कन्ट्रक्सन ले काम गरिरहेकाे छ ।

अहिले साे क्षेत्रमा रहेकाे १४ वटा कल्भट रहेकाे मा ४ बटा कल्भट मात्रै निर्मणा गर्ने बाँकी रहेकाे छ भने बाँकी सबै कल्भट निर्माण सम्पन्न भई सकेका छन । साे सडक खन्ड काे ठेक्का कालिका –मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात विभाग सडकहरूको, हुलाकी राजमार्ग निदेशालय काे लागतमा कालिका ले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ ।

साे सडक ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने ठेक्का पाए हाे । साे सडक दुई बर्ष भित्र सम्पन गरिने कालिका कन्ट्रक्सनका क्षेत्रिय प्रवन्ध उज्वल प्रसाईं ले बताए । अहिले साे क्षेत्रमा २० प्रतिशत काम मात्रै बाँकी रहेकाे र ८० प्रतिशत काम सम्पन्न भईसकेकाे छ । साे सडक भित्र पर्ने खानेपानी र बिजुलीको पाेल र तार नगरपालिकाले एक महिना भित्र हटाए आफू हरु लेे साे सडक असार मसान्तसम्म भित्र कालोपत्रे काम सम्पन्न गर्ने प्रसाईं ले बताए ।

तर पाेल हरु नहटे बर्ष महिना का उक्त सडक हिलाम्मे हुने पक्का रहेको छ । साे बिषयमा समयमै नगरपालिकाले ध्यान नदिए र सर्वसाधारण हरु ले दुख पाउने निस्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!