हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 591  पटक पढिएको

पाकिस्तानी सेनाले तालिबानका पाँच कमाण्डरहरु मारिएको बताएको छ । पाकिस्तानको उत्तरपश्चिमी दुई फरक सुरक्षा कारबाहीमा तालिबानको दुई विभागका शीर्ष सदस्यहरुसहित पाँच कमाण्डरहरु मारिएको सेनाले बताएको छ ।

आइतबार जारी गरिएको विज्ञप्तिमा वाजिरिस्तान जिल्लास्थित मिर अलि र काइसूर क्षेत्रमा गरिएको सुरक्षा कारबाहीमा उनीहरुको मृत्यु भएको हो । यो क्षेत्र कुनै समय पाकिस्तान तालिबानको मुख्यालय थियो ।

पाकिस्तानको सेनाका अनुसार अहिले मारिएका कमाण्डरमध्ये सयेद रहिम सन् २००७ यता पकिस्तानी सुरक्षा बलमाथिको आक्रमणमा १७ पटक संलग्न भइसकेका व्यक्ति हुन् । पछिल्लो एक वर्षमा वाजिरिस्तानमा गोली तथा बम आक्रमणमा परी ५० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

पाकिस्तानले यसअघि सन् २०१४ मा प्रमुख सैन्य कारबाही चलाउँदै वाजिरिस्तानबाट तालिबानलाई विस्थापित गरेको थियो । पाकिस्तानमा सन् २०१७ यता हिंसा तथा ठूला आक्रमणहरु उल्लेख्य मात्रामा घटेका छन् । यद्यपि बेलाबेलामा मुलुकमा विभिन्न किसिमका आक्रमणहरु भने हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!