रवि लामिछानेले न्युज २४ छाडेर जाने कुराले केहि दिनदेखि सामाजिक सञ्जाल तातेको छ । उनले सिधाकुरा जनतासँग छाडेर जाने भनेपछि उनका फ्यानहरु निराश भएका थिए ।

तर उनले उक्त्त कार्यक्रम नछाड्ने घोषणा गरेपछि उनका फ्यानहरुमा खुशीयाली छाएको थियो ।

रवि लामिछाने र न्युज २४ बिचमा कार्यक्रम कस्ले चलाउने भनेर लामो समयसँग विवाद भयो र अन्तत हिजो आइतबार न्युज २४ टिभि उक्त कार्यक्रमको निरन्तरता दिँदै नयाँ कार्यक्रम प्रस्तोताले कार्यक्रम चलाइन् ।

कार्यक्रमको सुरुवातमा कार्यक्रमप्रतिको योगदानको लागि रवि लामिछाने लाई धन्यवाद दिएकी थिइन् । हिजोको कार्यक्रम मा कोरोना फ्रन्टलाइनमा खटिने स्वास्थ्य कर्मी सुरक्षा कर्मी लगाएतलाई प्रसंसा गर्दै स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी सँग फोन संवाद गरेकी थिइन् ।

तर उक्त कार्यक्रम युटुब मा अपलोड गरेको १२ घण्टा नबित्दै भिडियोमा लाइक को दोब्बर डिसलाइक आएको छ भने कार्यक्रमको चर्को आलोचना भएको छ । कमेन्ट गर्नेले भनेका छन् रवि बिनाको कार्यक्रम नुन बिनाको तरकारी जस्तै भयो । यो सामग्री तयार पार्दा सम्म ७ हजार ५ सय लाईक, १३ हजार डिसलाइक र ६ हजार ७ सय कमेन्ट छन् । कमेन्ट गर्ने अधिकाशले रवि बिनाको कार्यक्रम प्रति नकारात्मक टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!