हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 775  पटक पढिएको

महानगरीय प्रहरी वृत्त, नागढुंगाले लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ गरेका थुनुवा प्रहरी अधिकृतकै अगाडिबाट फरार भएका छन् । थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटा नेतृत्वको प्रहरी टोलीसँग ललितपुरको पाटन गएका वेला छक्काउँदै सर्लाहीका मोहम्मद इल्ताज भागेका हुन् ।

अनुसन्धानका क्रममा उनले पाटनमा लागूऔषधको मुख्य कारोबारी रहेको इन्स्पेक्टर सापकोटासहितको टोलीलाई बताएका थिए । त्यसपछि लागूऔषध कारोबारका नाइकेलाई खोज्दै सापकोटा इल्ताजलाई लिएर पाटन गएका थिए । तर, त्यहाँबाट प्रहरीलाई छक्याएर उनी भागेको पाइएको छ ।

इल्ताजको हत्कडीसमेत प्रहरीले खोलिदिएको पाइएको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह घटनाबारे छानविन थालिएको बताउँछन् । हालसम्म नियतभन्दा पनि लापरबाही भएको जस्तो देखिएको छ । कसुर अनुसारको कारबाही हुन्छ ।’

नागढुंगा प्रहरीका अनुसार शनिबार बिहान महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६० को बस चेकजाँच गर्ने क्रममा इल्ताज एक हजार बढी नाइट्रोभेट, डाइजेपाम, फेनारगन र नुर्फिनसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!