हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 675  पटक पढिएको

नेपाल वैश्य युवा संघले विराटनगर स्थित बिराटेश्वर बृद्राश्रम सेवा समिति अशोक चौकमा बनभोजको आयोजना गरी विभिन्न क्षेत्रका एक दर्जन भन्दा बढीलाई सम्मान गरेका छन् । संघका अध्यक्ष गणेश कुमार साहको अध्यक्षता तथा पुर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सांसद शिवकुमार मण्डलको प्रमुख आतिथ्यमा प्रशासनिक क्षेत्र, पत्रकार, समाजसेवी र विभिन्न सहयोगी व्यक्तित्वहरुलाई चरणबद्ध रुपमा सम्मान गरिएको हो ।

पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख मुकेश कुमार केशरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्का, बालबालिका तथा महिला अनुसन्धान बिभाग प्रमुख एन्जिला राइलाई सम्मान गरिएको हो । त्यस्तै दोस्रो चरणमा पत्रकार मिनकुमार नवोदित, शंकर खरेल, नवीन कर्ण र तारा आचार्यलाई सम्मान गरिएको हो । तेस्रो चरणमा समाजिक अभियन्ता सुशील रिजाल, पेरिस सुवेदी, अरुण न्यौपाने, बिराटेश्वर वृद्धाश्रमका संस्थापक जगतप्रसाद अर्याल र हाम्रो अभियान टिम विराटनगरलाई सम्मान गरिएको अध्यक्ष गणेशकुमार साहले हिपमत डटकमलाई जानकारि दिएका हुन् । उनका अनुसार समाजलाई तनमनले निरन्तर सहयोग गर्दै आइ रहनु भएका राजेश गुप्ता, सियाराम रौनियार, पवनकुमार साह, शिवनारायण गुप्ता र गौरी भगतलाई समेत नेपाल वैश्य युवा संघ मोरङले सम्मान गरेको हो ।

कार्यक्रममा लायन्स कलबका पुर्व गभर्नर तथा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष फुलकुमार लालवानी, राजेश गुप्ता, स्वर्णकार समाजका अध्यक्ष तथा सल्लाहकार महेश कुमार साह(स्वर्णकार), भरत साह, रघुनन्दन साह, जनजाति कल्याण आश्रम तथा आमाको छात्रावासका अध्यक्ष मदन कुमार साह, उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, डा.शिवशंकर साह, महासचिव सन्तोष शाह, सचिव अमृतकुमार साह, कोषाध्यक्ष प्रेमनाथ गुप्ता, सह कोषाध्यक्ष भोला साह सहित संस्थाका सदस्य तथा नगरकमिटिका पदाधिकारी सदस्यहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!