हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 784  पटक पढिएको

बलिउड नायक वरुण धवन र नताशा दलाल जनवरी २४ तारिखमा (आइतबार) विवाह बन्धनमा बाँधिए । उनीहरुको विवाहको पहिलो तस्बिर सार्वजनिक हुने बित्तिकै सेलिब्रिटी र प्रशंसकको बधाईको ताँती लाग्यो । निर्माता–निर्देशक करण जाहेरले पनि वरुण र नताशाका लागि एक भावुक पोस्ट साझा गरेका छन् । यद्यपि, करण वरुणको विवाहमा उनको उपस्थिती रह्यो ।

करणले लेखे, ‘जतिजति म पोस्ट लेखिरहेको छु । म त्यति नै मिश्रित भावना र यादले ओतप्रोत हुँदैछु । मलाई अहिले पनि याद छ कि गोवामा यो बच्चासँग मेरो भेटघाट, लामो कपाल, आँखामा ठूला सपना र स्वैग जुन बाहिर आउनका लागि तड्पिरहेको थियो । केही वर्षपछि उनी मेरो फिल्म माई नेम इज खानका लागि असिस्टेन्ट थिए । मैले चुपचाप उसको इमान्दारी देखेँ र मानिसहरुलाई हँसाउने क्षमता ।’

https://www.instagram.com/p/CKcBl9oJb7I/
‘जब पहिलो पटक उसले मेरो लागि क्यामरा सामना गर्यो तब मभित्र आफसे आफ उसका लागि एक सुरक्षाको भावना पलायो र प्रेम बर्सियो… एक अभिभावक जस्तै । यस्तै महसुस आज मलाई पुनः भयो जब मैले उसलाई उसको प्रेमसँग अग्नीसँग फेरा लिएको देखेँ । मेरो केटो हुर्कियो र जीवनको यो सुन्दर चरणका लागि तयार छ । बधाई छ मेरा प्यारा नताशा र वरुण ! मेरो आशीर्वाद र प्रेम सधैं रहनेछ… लभ यू ।’

करणको फिल्मबाट वरुणले गरेका थिए बलिउड डेब्यूः

स्मरण रहोस्, वरुणले करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयरबाट बलिउडबाट डेब्यू गरेका थिए । फिल्ममा वरुणसँग आलिया भट्ट र सिद्धार्थ मल्होत्राले पनि बलिउड डेब्यू गरेका थिए । यो फिल्म वरुणका लागि निकै विशेष र सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!