मनिष दास
हिपमत डटकम
बिराटनगर,१४ माघ: लुक्ला नेपालले आज सचिवालय समितिको गठन गरेको छ। लुक्ला नेपालद्वारा बिहान १० बजे बिराटनगर -५ स्थित लुक्ला नेपालको कार्यलय चाँदनी चोकमा कार्यक्रम सम्पन्न गरेको हो। लुक्ला नेपालका अध्यक्ष शिव कुमार यादबको अध्यक्षतामा सचिवालय समितीको गठन भएको छ। संस्थालाई जनतासामु कसरी चिनाउने र समाजमा यश यस्थाबाट कसरी धेरैभन्दा धेरै मानिसलाई कानुनी सेवा दिन सकिन्छ। मानिसहरुलाई कानुनको ज्ञान् नभएर समाजमा अपराध बढेको र अदालत जान बध्य भएको बताए। यश बिषयलाई प्राथमितामा राखेर अगाडि बढ्ने अध्यक्ष यादबले बताउनु भयो। हाम्रो प्राथमिकता नै कसरी गाउँघरसम्म सहज रुपमा कानुनी प्रकृयाको बारेमा जनसमुदायलाई बुझाउने हो।
साथै यश संस्थाले आफ्नो नयाँ सचिवालय कार्यसमिति समेत चयन गरेको छ। सबैको सहमतिले ७ जनाको नाम नयाँ सचिवालय कार्यसमितिमा छनोट भएको छ।
१) महासचिव -विन्दानन्द नुन्दी
२) सचिव – इशा घिमिरे
३) सदस्य – अनवर शेख
४) सदस्य – अनु राउत
५) सदस्य – अमित कुमार यादव
६) सदस्य – पिङ्की कुमारी यादव
७) सदस्य – अमर कुमार मण्डल

निर्वाचित सचिवालयका सदस्यहरुमा लुक्ला नेपालको तर्फ बाट आगामी कार्यकालका लागि शुभकामना व्यक्त समेत गरेको छ। ब्राईट भिजन ‘ल’ कलेजका अध्यनरत कानुनका बिधार्थीहरुले समाजमा कानुनको कमीले मानिसहरुले अपराध गर्ने र कानुनि जटीलतामा पर्ने गर्दछ, गाउँघरमा सामान्य मानिसहरु कानुनको पहुँचमा हुदैन कानुनी प्रक्रियाको बारेमा जानकार हुदैन त्सैले गाउँघरसम्म सहज रुपमा कानुनी प्रकृयाको बारेमा जनसमुदायलाई बुझाउने उधेश्यले लुक्ला नेपाल संथाको स्थापना २०७५ बैशाख ५ गते गरेका थिए। कानुनि संग सम्बन्धित नेपालमा कुनै संस्था नभएकोले लुक्ला नेपालको स्थापना भएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!