हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 689  पटक पढिएको

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकलाई अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्टको नियम हटाएको छ । अब लुक्ला हुँदै सगरमाथा क्षेत्र जाने पर्यटकलाई पीसीआरको रिपोर्ट नचाहिने भएको छ ।

गाउँपालिकाले भदौ १० मा सूचना जारी गर्दै सगरमाथालगायत खुम्बु क्षेत्रका हिमाल आरोहण, पदयात्रासहितका पर्यटकीय गतिविधिमा संलग्न हुन पीसीआर नेगेटिभ भएको रिपोर्ट चाहिने निर्णय गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईका अनुसार कुनै व्यक्तिमा लक्षण देखिएमा वा शंका लागेमा लुक्लाको निकोल निक्की अस्पतालमा एन्टिजिन परीक्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!