कतार प्रहरीमा पठाउन अवैध अन्तर्वार्ता गर्ने एसओएस सर्भिसेस म्यानपावर कम्पनीलाई श्रममन्त्री गौरीशंकर चौधरीले कम्पनीमाथिको रोक्का खोलिदिएका छन् ।

वैदेशिक रोजागार विभागले गत मंसिर ८ गते अवैध अन्तर्वार्ता गरिरहेको अवस्थामा एसओएससहित ३ वटा म्यानपावर कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।

अवैधरुपमा अन्तर्वार्ता लिएको भन्दै विभागले छानबिन गर्न ती म्यानपावरको कारोबार ६ महिनाको लागि रोक्का गरेको थियो ।कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रूपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो । news sources : ekantipur

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!