हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 615  पटक पढिएको

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारविरुद्ध काठमाडौंमा अझ ठूलो जनप्रदर्शन र सभा हुने बताएका छन्। उनले भने, ‘टाउकोमै हा’न्नुपर्ने स्थिति आयो। अन्त हा’नेर त्यति धेरै चो’ट नपुग्ने भयो।’

उनले प्रदेश २ नेताकार्यकर्तालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै संघर्ष समितिले यसबारे छिट्टै कार्यक्रम सार्वजनिक गर्ने बताए। यस्तै मिति पनि संघर्ष समितिले नै तय गर्ने उनको भनाइ छ।

दाहालले भने, ‘९ गते आयोजना गरिएको प्रदर्शनको तरंग गएको छ। अब अर्को कार्यक्रम भव्य, विशाल र सिंगो राष्ट्र झल्कने गरी हुनेछ।’ उनले प्रदेश २ का कार्यकर्तालाई अब २५ हजार नागरिक काठमाडौंमा ल्याउन आग्रह गरे। दाहालले त्यो निर्णायक संघर्ष हुने भएकाले त्यसले छिनोफानो गर्ने बताए।

दाहालले भने, मैले देशभित्रको मात्र होइन, देशबाहिरको प्रतिक्रिया सुन्दा ९ गतेको सभाले ठूलो तरंग ल्याएको छ। गडबड गर्नु हुँदैन, जनताले छोड्दैनन् भन्ने सन्देश गएको छ।’

दाहालले कम्युनिस्ट पार्टीभित्रका सामन्ती एजेन्टले बरबाद गरेको भन्दै अब प्रतिगमनलाई जसरी पनि परास्त गर्नैपर्नेमा जोड दिए। उनले भने, ‘संविधान लोकतन्त्र भत्काउने काम भएको छ। त्यसैले हामीले फेरि नयाँ उचाइमा पुगेर अघि बढ्नुपर्नेछ।’

दाहालले अब सडक आन्दोलनबाट नै तानाशाही हटाइने चेतावी दिए। उनले भने, ‘जिल्लामा पनि आन्दोलन गर्दै छौं। तर अब काठमाडौंमै फेरि एकपटक शक्ति प्रदर्शन गर्ने हो।’

उनले निरंकुश तानाशाही केपी ओलीलाई देखाउन पनि विरोध प्रदर्शन सशक्त बनाइने बताए। दाहालले भने, ‘ओलीले ९ गतेको हाम्रो कार्यक्रमलाई सानो भनेर टिप्पणी गरे। अब आफूले देखाउँछु भनेका छन्। तर उनको जुलु र सभा पञ्चहरुले गर्ने जस्तो हुनेछ। तिनको प्रदर्शनको कुनै अर्थ नै रहँदैन।’

उनले आफूहरुले गर्ने आन्दोलन भने जनताको आन्दोलन हुने बताए। दाहालले भने, ‘ हाम्रो जत्रो आन्दोलन भए पनि यो जनताको हुनेछ। ओली त कलंक भइसके। उनले जे गरे पनि त्यो कलंककै टीका हुनेछ।’ उनले कार्यकर्तालाई एकपटक फेरि जाग्न आग्रह गरे।

९ गते काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा १० हजार कार्यकर्ता ल्याउन निर्देशन दिएकोमा साढे १३ हजार कार्यकर्ता ल्याएको भन्दै दाहालले प्रदेश २ कार्यकर्ताको प्रशंसा गरे। News Source ;- Taja Khabar

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!