हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 773  पटक पढिएको

भारतको उत्तराखण्ड राज्यले हिजो एक दिनको लागि १९ वर्षकी छात्रालाई मुख्यमन्त्रीको रुपमा पायो । हरिद्वारकी सृष्टि गोस्वामी हिजो १ दिनको लागि उत्तराखण्डकी मुख्यमन्त्री बनिन् । मुख्यमन्त्री सृष्टिलाई विधानसभा भवनमा उच्च शिक्षा मन्त्री धनसिंह रावतले स्वागत गरे । मुख्यमन्त्रीको रुपमा सृष्टिले करिब १ दर्जन विभागका अधिकारीहरुसँग बैठक गरिन् र कैयौं निर्देशनहरु दिइन् ।

राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई एक दिनको लागि मुख्यमन्त्री बनाउन स्वीकृति र निर्देशन राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले दिएका थिए । मुख्यमन्त्री पदमा रहेर सृष्टिले अधिकारीहरुलाई कैयौं निर्देशन दिइन् । उनले प्रदेशका जीर्ण पुलहरुको मर्मत गर्न पनि आदेश दिइन् । सृष्टिले हिजो दिउँसो १२ बजेदेखि ३ बजेसम्म विधानसभा भवनमा समीक्षा बैठकको अध्यक्षता गरेकी थिइन् ।

३ बजे उनले बालिका निकेतनको निरीक्षण गरिन् र यहीँ बालिकाहरुसँग दिउँसोको खाना खाइन् । बेलुकी साढे ४ बजे उनी हरिद्वारको लागि प्रस्थान गरिन् । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले प्रदेशका बालिकाहरुलाई सशक्त बनाउनको लागि यो प्रयास गरिएको बताए । प्रदेशका बालिकाहरुमा प्रतिभाको कमी छैन र उनीहरु जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने सन्देश दिन यस्तो गरिएको रावतले बताए ।

सृष्टिले आफ्नो कार्यकालमा केही महत्वपूर्ण निर्देशन दिएको बताउँदै बालिकाको शिक्षा, सुरक्षा र प्रदेशबाट मानिसहरु पलायन हुनु प्रदेशको मुख्य समस्या भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!