हिपमत डटकम

सोमबार, माघ १२, २०७७ || 679  पटक पढिएको

पति–पत्नी नै डाक्टर भएपछि कुरा नमिल्ने अनुमान कसरी गर्नु । तर, अर्काकी छोरी विवाह गरेर तिनलाई माया र समय दिन नसक्दा त्यो विवाह कति महंगो पर्छ भन्ने कुरा गत आइतबार जिल्ला अदालत काठमाडौंमा देखियो ।

पति भन्दै थिए, ‘समय मैले नदिएको होइन, उहाँलाई म मन नपरेको हो ।’ पत्नी भन्दै थिइन्, ‘उहाँ मेरो मनबाट हटिसक्नुभयो, उहाँसँग बस्न मन छैन ।’ पति निजी अस्पताल र विभिन्न क्लिनिकमा काम गर्ने भट्टराई थरका, नेपाल सरकारको पूर्वसचिवका छोरा । पत्नी प्रहरी अस्पतालकी जागिरे डाक्टर, रेडियो नेपाल र हङकङको महावाणिज्यदूतबाट अवकास पाएका एकजना हाकिमकी छोरी । उनीहरुको १० वर्षभन्दा लामो दाम्पत्य भर्खरै एक करोड २० लाख रुपैयाँ लेनदेनमा टुंगिएको छ ।

पतिले पत्नीलाई एभरेष्ट बैंकको ‘गुड फर पेमेन्ट’ चेक लेखेर दिए, पत्नीले हाँसी–हाँसी लिइन् र गुडबाइ भन्दै बाटो लागे । मुद्दा दिएकी थिइन्, पत्नीले । दुई सन्तानको स्याहार पनि गर्नुपर्ने कारण उनले सम्बन्ध बिच्छेदसँगै मानाचामल भराइपाउँ भनी अदालत गुहारेकी हुन् । उनी प्रहरी अस्पतालको नेफ्रोलोजी विभागमा आइतबार, मंगलबार र शुक्रबार विरामी जाँच्छिन्, त्यसबाहेक निजी अस्पतालहरुमा पनि काम गर्छिन् । पतिचाहिँ एउटा निजी अस्पतालमा जागिरसँगै केही क्लिनिकलाई समय दिन्छन् । एसपी दर्जाकी पत्नी हाइटी मिशन जाने एफपियुको २२ को टोलीमा दुई वर्षअघि खटिएका बेला आचरणविपरितको काम गरेको भन्दै कमाण्डेन्ट राजेशनाथ बाँस्तोला (हाल एसएसपी) ले उतैबाट कारवाही सिफारिस गरेका थिए ।

तर, तत्कालिन आइजिपी सर्वेन्द्र खनालले जोगाइदिए । त्यसबेला आफूभन्दा केही वर्ष कान्छो, तालुखुइले, अग्लो हाइट भएका डिएसपीसँग निकटताका कारण उनीहरु चर्चामा थिए । त्यहाँबाट फर्किनासाथ पति–पत्नी अलग अलग बस्दै आए । भनिन्छ, अहिले उनी अर्को घरजम गर्ने तयारीमा छिन्, प्रहरीसँगै ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!