हिपमत डटकम
काठमाडौं,१४ माघ: युवक र युवती गहिरो प्रेममा पर्छन् । उनीहरु विवाह गर्ने निर्णयमा पुग्छन् । तर, केटीको परिवारले केटालाई अस्वीकार गर्छ । त्यसपछि दुवैले योजना बुन्छन् । दुवैले आफूहरु मरिसकेको भ्रम दुनियाँलाई छर्न चाहन्छन् । नयाँ दुनियाँ बसाएर परिवारले कहिले नखोज्ने गरी टाढा कतै जीवन बिताउने निर्णयमा पुग्छन् ।

युवकले युवती मृत भइसकेको भ्रम छर्न अर्की केटीलाई साथी बनाउँछन् । उनलाई घुमाउन लागेर कारको सिट बेल्टले घाँटी कसेर हत्या गर्छन् । हत्यापछि केटीको शरीरलाई प्रेमिकाको घर नजिकैको गाईगोठमा जलाएर चिन्न नसकिने बनाइदिन्छन् । घटनास्थलमा प्रेमिकाको पहिचानका सामान राखिदिन्छन् । त्यसपछि प्रहरीले युवककै प्रेमिकाको मृत्यु भएको आशंकामा अनुसन्धान चलाउँछन् । तर, युवकको योजना त्यतिबेला असफल हुन्छ जब मृतक युवतीका परिवारले हराएकी केटीको तिनै युवकसँग सम्बन्ध रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिन्छन् । त्यसपछि योजना सबै तुहिन्छ ।

यो घटना भारतको उत्तर प्रदेशको हो । सिकान्ड्रवादमा २६ जनवरीमा चिन्न नसकिने गरी मारेर फालिएकी २० वर्षीया युवतीलाई शुरुमा प्रहरीले रुबी शर्मा भन्ठानेको थियो । तर, उनी नौयडाकी २० वर्षीया पुनम भएको पत्ता लाग्यो । मोबाइल कम्पनिमा काम गर्ने पुनमको हत्या कपिल शर्माले गरेको पत्ता लाग्यो ।

टेलिभिजन क्राइम शोबाट प्रभावित भएर कपिलले पुनमलाई साथी बनाएर हत्या गरे । हत्या गरी अनुहार चिन्न नसकिने बनाएर गाईगोठमा फालिदिए । जहाँ आफ्नी प्रेमिका रुबीको गहना र कपडा राखिदिए । प्रहरी र परिवारले रुबी नै मरेको भन्ने ठानोस् भन्ने नियतले यस्तो योजना अनुसार हत्या गरी फालिदिएका थिए ।

पुनमको परिवारले तत्काल थाहा नपाएको भए कपिलले अर्को पुरुषको हत्या गरी आफ्नो हत्या भएको भ्रम छर्ने योजना बनाएका थिए । कपिल र रुबी दुवै सँसारमा नभएको भ्रम छरेर नयाँ जीवनको शुरुवात गर्न चाहन्थे । तर, उत्तर प्रदेशको प्रहरीले समयमै कपिललाई पक्राउ गरेर अर्को व्यक्तिको ज्यान बचाएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!