हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 664  पटक पढिएको

विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुको बिचमा किचलो सुरु भएको छ । प्रमुख भिम पराजुलीले सबै योजना र निर्णयमा एकलौटी गर्न थालेपछी किचालो सुरु भएको छ । प्रमुख पराजुलीले माघ ११ गते आईतबार डाकेको बोर्ड बैठकका बहुसंख्यक सदस्यहरुले बैठक बहिस्कार गरेका छन ।

महानगर प्रमुख भिम पराजुलीको एकलौटि निणर्यको विरोध गर्दै वैठक बहिष्कार गरेको उप–प्रमुख ईन्दिरा कार्कीले जानकारी दिईन ।
उप–प्रमुख ईन्दिरा कार्की, विराटनगर ३ का अध्यक्ष विनोद बस्नेत, ९ का विश्वनाथ भगत, २ का अध्यक्ष कुमार पोखरेल, ४ का अध्यक्ष देवेन्द्र पोखरेल, १६ का अध्यक्ष मनोज सुब्बा लगायतका बहुसंख्यक वोर्ड सदस्यहरुले बैठक बहिस्कार गरेका थिए ।

विराटनगर ९ का अध्यक्ष विश्वनाथ भगतका अनुसार महानगर प्रमुखले मनपरी तरीकाले कर्मचारी नियुक्ती गरेर पालिकालाई आर्थिक भार पारेको, वोड बैठक तिन महिनामा एक पल्ट बस्ने गरेको, अफ्ना अनुकुलका योजना मात्र बोर्डबाट पास गराउन खोजेको आरोप लगाउदै बोड बैठक बहिस्कार गरिएको हो । उनले भने, ‘प्रमुखज्युले सबै बोर्ड सदस्यहरुलाई पेलेर व्यक्तीबादी हैकमलाद्ने खोजेकाले बैठक बहिस्कार गरेका हौ, । माहानगर प्रमुख पराजुलीलाई यो विषयमा बुझ्न सम्पर्क गर्दा मोवाईल अफ थियो ।
पराजुली निर्वाचीत भईसकेपछी महानगरमा १ सय ७० नयाँ कर्मचारी नियुक्त भईसकेका छन । नयाँ नियुक्त कर्मचारीमा ५० प्रतिशत कम्युनिस्टहरु भएको बताईएको छ । २०७३ साल अषाढमा निर्वर्चित भएदेखि यता महानगरमा कुनै नयाँ योजना ल्याउन सकेका छैनन् । तत्कालीन कार्यकारी गोपाल रेग्मीले २०७० सालमा ल्याएको एडिभिको प्रोजेक्टले निर्माण गरेका ढल र सडकहरुको अनुगमन गर्दै मेयर पराजुली समय बिताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!