हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 532  पटक पढिएको

जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो ।

अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली र टर्की बढी कोभिड–१९ सङ्क्रमित रहेका मुलुकहरूको क्रमशः अग्र नौ स्थानमा रहेका छन् । एशियाली मुलुकहरूमा भारत, चीन, पाकिस्तान, बङ्गलादेश,जापान, कोरिया र लगायतका मुलुकहरूमा सङ्क्रमितको सङ्ख्या उच्च रहेको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्या ८५९ रहेको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमपछि मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० हजार ६४२ पुगेको पुष्टि केन्द्रले गरेको हो । जर्मनीमा सन् २०२० को सुरूदेखि नै सङ्क्रमित देखिएपनि वर्षको पहिलो छ महिनामा अन्य केही यूरोपेली मुलुकको तुलनामा सङ्क्रमण दर निकै कम रहेको थियो । जर्मनीमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २१ लाख १० हजारभन्दा माथि पुगेको छ ।

जर्मनीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण दरमा वृद्धि भएपछि नियन्त्रणका लागि आगामी फेब्रुअरी १४ सम्म आंशिक लकडाउन गर्ने घोषणा यस पहिले नै गरेको छ । यूरोपका कतिपय मुलुकहरूले अन्तर्राष्ट्रिय सीमानाका लाई खुला गर्ने निर्णय गरेपनि जर्मन चान्सलर एन्जेला मर्केलले सङ्क्रामक यो रोग नियन्त्रणमा आइनसकेको भन्दै तत्काल अन्तर्राष्ट्रिय सीमा नाका खोल्ने निर्णय गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!