हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 521  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै जनताको सरकार आउने बताएका छन्।

उनले कर्मचारी लगायतलाई आफूहरूको आन्दोलनमा नजान भन्दै सरकार र सरकारका मानिसहरूले धम्की दिने गरेको पाइएकोले त्यसो भएमा जनताको सरकारले कारवाही गर्ने बताएका छन्।

‘साइबर स्यालहरूले कर्मचारी लगायतलाई आन्दोलनमा नजान भनेका छन्। एउटा कर्मचारीलाई छोएर देखाउन चुनौती दिन्छु,’ आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने।

उनले ओलीलाई तह लगाउन आफूहरूले नसकेर जनतामा आएको पनि बताएका छन्।

ओलीले आफूलाई सिध्याउने र माधव नेपालसँग फाटो ल्याउने कोशिस गरिराखेको उनले बताए।

उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहने पनि बताएका छन्।

‘देशलाई बरबाद हुने बाटोमा कसैले पनि भूमिका नखेलौं,’ उनले भने, ‘कसैले पनि अराजकताको साक्षी बस्ने छैनन् भन्ने विश्वास गर्दछु।’

ओलीले संविधान भत्काएको पनि प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!