हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 517  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नहुने बताएका छन् । सप्तरीमा प्रेस मञ्च नेपाल र प्रेस नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई भइरहेको र अदालतले गर्ने फैसला नै सबैलाई मान्य हुने बताएका हुन् ।

‘चुनाव लड्नु प्रतिगमन होइन, चुनावमा जानु प्रतिगमन होइन,’ उनले भने, ‘प्रतिनिधिसभा विघटनबारे मुद्दा विचाराधीन छ, सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यो हामीलाई स्वीकार्य छ ।’

सर्वोच्च अदालतको निर्णयपछि देशको राजनीतिक अवस्था कस्तो हुन्छ, त्यसअनुसार नै आफूहरुले उपयुक्त निर्णय लिने उनले बताए । नेपालमा संसद पुनःस्थापना र निर्वाचनमध्ये कुनै पनि स्थायी समाधान नरहेको हुनाले जसपा नेपालले जनमुक्ति आन्दोलन गर्ने उनको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशमा प्रतिगमनको शुरुवात गरेका हुनाले उनको पतन निश्चित रहेको महतोले बताए ।

देशमा ६ वटा संविधान समाप्त भइसकेको र यो सातौं संविधानलाई पनि प्रधानमन्त्री ओलीले समाप्त गर्न लागेको बताउँदै उनले प्रधानमन्त्री ओली पतनतिर गइरहेको टिप्पणीसमेत गरे । त्यही कारण बेलाबेलामा राजेन्द्र महतो आफ्नो पार्टीमा आउन लागेको भ्रम फैलाउने गरेको पनि उनले बताए । यस्तो भ्रम फैलाएपछि केही समय बाँचिएला कि भन्ने भ्रममा प्रधानमन्त्री ओली रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!