हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 452  पटक पढिएको

पाल्पा — मृगलाई हानेको बन्दुकको छर्रा लागेर बिहीबार राति १३ वर्षीय बालकको मृत्यु भएको छ । रिब्दीकोट गाउापालिका–८, दानसिङडााडामा मृगको सिकार गर्ने क्रममा भरुवा बन्दुकको छर्राले लाग्दा १३ वर्षीय बालक लक्ष्मण छहरीको मृत्यु भएको हो ।

बिहीबार रातिको समयमा मृगको सिकार खेल्न चिलाउने पानी सामुदायिक वनमा गएका बेला भरुवा बन्दुकको छर्राले लागेर छहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

सँगै सिकार खेल्न गएका रैनादेवीछहरा गाउँपालिका–४, छहरा भर्माटुङका ज्ञानबहादुर गाहा, सोही स्थानका कमल राना र रिब्दीकोट गाउँपालिका–८, दानसिङडाँडाका देवबहादुर गाहालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथमा पड्किएको भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएर थप अनसुन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!