हिपमत डटकम

बिहिबार, माघ ०९, २०८२ || 366  पटक पढिएको

सरस्वती पूजाको अघिल्लो दिन विराटनगरस्थित श्री सत्यनारायण माध्यमिक विद्यालयले भव्य रुपमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयका प्रधानाध्यापक, सह-प्रधानाध्यापक तथा शिक्षकहरूको र कक्षा ११ र १२ का कानुन तथा इलेक्ट्रिकल इन्जिनियरिङ विषय समूहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

उक्त समूहले विद्यालयको पूर्वी सिमाना र वरपरका अत्यधिक फोहोर रहेका सडक खण्डहरूको सरसफाई गरेको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरू मध्य अंकित राजवंशी र अनुप कार्की समाजमा “परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने” धारणा राख्दै सडक सफा तथा वातावरण सरसफाई गर्नु पर्ने तर कार्यक्रम चलायता पनि पुनः फोहोर फाल्ने प्रवृत्तिप्रति दुःख व्यक्त गरे। उनीहरूले अबका दिनमा सडकमा फोहोर गर्न निषेध गर्ने, जनचेतनामूलक होर्डिङ बोर्डहरू राख्ने, डस्टबिन राख्ने र फोहोर गर्नेलाई जरिवानाको व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन्। साथै, विद्यार्थीहरूले यस क्षेत्रको स्थायी सरसफाईका लागि विराटनगर महानगरपालिकाको समेत ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!