हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 415  पटक पढिएको

लिभरपुलको प्रिमियर लिगमा घरेलु मैदानमा लगातार ६८ खेलको अपराजित यात्रा समाप्त भएको छ । बर्नलीले प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै लिभरपुलको अपराजित यात्रा समाप्त पारेको हो ।

आश्ले बार्नसले ८३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दा लिभरपुलमाथि बर्नलीले रोमाञ्चक जित हात पार्यो । लिभरपुलका गोलरक्षक लिस्सनले खेल सकिन सात मिनेट मात्रै बाँकी रहँदा बार्नसलाई लडाउन पुग्नुभयो । बर्नलीले सन् १९७४ पछि पहिलो पटक एनफिल्डमा जित हात पारेको हो ।

लिभरपुलले लिगमा पछिल्लो पटक चार वर्ष अघि घरेलु मैदानमा हार बेहोरेको थियो । सन् २०१७ को अप्रिलमा उसले क्रिष्टल पैलेससँग हार बेहोर्न पुगेको थियो । बर्नली विरुद्धको हारसँगै लिभरपुल प्रिमियर लिगको अङ्कतालिकामा शीर्ष स्थानको म्यान्चेष्टर यूनाइटेडभन्दा छ अङ्कको अन्तरमा छ । लिभरपुलको ३४ अङ्क छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ३८ तथा लेस्टरको समेत ३८ अङ्क नै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!