हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 472  पटक पढिएको

हेटौंडा । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको छ ।

सडक स्तरोन्नतिका लागि आयोजना निर्माण क्षेत्रमा आगामी चैत १० गतेसम्म आयोजनाका सवारी साधनबाहेक सबै सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । यातायात पूर्वाधार निर्देशनालय वाग्मती प्रदेश हेटौँडाअन्तर्गत सो आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेकका सबै सवारी साधन आवतजावतको रोक लगाउने निर्णय भएको हो ।

तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला (यातायात पूर्वाधार निर्देशनालय) सुरक्षा निकाय, निर्माण व्यवसायी, पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको छलफलपश्चात् सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । वाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरोन्नति कार्य भइरहेको छ ।

कूल ३५ करोडको लगानीमा आगामी विसं २०७८ असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक डा.सहदेवबहादुर भण्डारीले जानकारी दिए । सो निमार्णाधीन आयोजना क्षेत्रमा अन्य सवारी साधन आवतजावत रोक लगाई सवारी साधन आवतजावतका लागि अन्य वैकल्पिक रुट प्रयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!