यो घटनाको अनुसन्धानको आदेश पनि दिएका छन् ।

सेटमा यस्तो पहिले कहिल्यै भएनः

स्पटबोयको रिपोर्टमा आदित्य चोपडाका एक नजिकका साथीलाई उद्धृत गर्दै लेखिएको छ, ‘यसअघि उनको सेटमा पहिले कहिले भएको थिएन । विशेषगरी शाहरुख खान स्टारर फिल्मको सेटमा त झन् फिटिक्कै भएको छैन । आदित्यले यसलाई हल्का रुपमा लिएका छैनन् । उनले यो घटनाको अनुसन्धानको आदेश पनि दिएका छन् ।’

यसै रिपोर्टमा यो पनि लेखिएको छ कि शाहरुख खान सेटमा महिलाको सुरक्षाका लागि चिन्तित छन् । ती साथीका अनुसार आदित्यले उनलाई भने, ‘हामी सेटमा मानिसबीच कुनै पनि प्रकारको झगडा हेर्न चाहँदैनौं ।’

निर्माता आदित्य चोपडा र निर्देशक सिद्धार्थ आनन्द

आखिर के भएको थियो पठानको सेटमा ?

बुधबार दिनभरी मिडिया र सोसल मिडियामा फिल्मको सेटमा एक सहायक निर्देशकले सिद्धार्थलाई थप्पड हानेको खबर चलिरह्यो । खबरका अनुसार सहायकले सेटमा नो क्यामरा, नो मोबाइलको नियम लगातार तोडिरहेका थिए । उनी सिद्धार्थले रोकेपछि पनि रोकिएनन् । उल्टै उनले गाली गर्न सुरु गरे । रिसमा जब सिद्धार्थले उनलाई थप्पड हान्दा उनले पनि थप्पड नै हानेर उनको जवाफ फर्काएका थिए ।

सहायक निर्देशकलाई कामबाट निकालेः

घटनापछि एक दिनका लागि सुटिङ रोकिएको पनि जानकारी दिइएको छ । यस्तै सहायक निर्देशकलाई कामबाट निकालिएको छ । फिल्ममा दीपिका पादुकोण र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छ । यो फिल्ममार्फत् शाहरुख करिब ३ वर्षपछि ठूलो पर्दामा फिर्ता हुँदैछन् । यो दिवालीमा रिलिज हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!