हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 1234  पटक पढिएको

नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा गरेको शक्ति प्रदर्शनले यहाँको ट्राफिक व्यवस्थापन कतै अस्तव्यस्त बनेको छ भने कतै सुनसान बनेको छ ।

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौँ उतारेपछि सार्वजनिक र निजी सवारीलाई ट्राफिक प्रहरीले ठाउँठाउँमा रोकेको छ । जसका कारण कतै सडक सुनसान छन् भने कतै अस्तव्यस्त भएको छ ।

भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको छ भने ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको छ । कलंकी क्षेत्रबाट आएका त्रिपुरेश्वरमा रोकिएको छ । त्रिपुरेश्वरबाट रोकिएकालाई थापाथलीमा रोकिएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको थियो ।

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!