मंगलबार, माघ १४, २०७६ || 1294  पटक पढिएको

हिपमत डटकम
सुनसरी, १४ माघ :सुनसरीको दुहवी नगरपालिका(१२ पुर्वी कुशाहा बाँसटोलमा रहेको पैनीमा साल नाल सहितको एक नवजात शिशु मृत फेला परेको छ । स्त्री जातको नवजात शिशु प्लास्टिकमा पोको पारेर फालेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्र कार्यालयले जनाएको छ ।
कुटपिटबाट १ जनाको मृत्यु कुटपिटमा संग्लग्न ७ जना प्रहरीको नियन्त्रणमा
मोरङ, माघ १४ गते ।
मोरङको धनपालथान गाउँपालिका(४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ । गत माघ ४ गते धनपालथान गाउँपालिका(४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको उपचारको क्रममा हिजो, सोमवार राती साँढे ८ बजे बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो भने कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणी चन्द्र महतो, ६१ बर्षीय रामबिलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो । यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुना कुमारी महतो भने सामान्य घाईते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निग्रानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागुऔषध सहित ४ जना पक्राउ
उदयपुर, माघ १४ गते ।
उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रित लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ । नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना ५ ख ८४७९ नम्बरको बसमा सवार रहेका त्रियुगा नगरपलिका(१६ का २२ बर्षीय सन्तोष परियार र मोरङ हसन्दहका २३ बर्षीय पुष्पराज तिम्सिनालाई ३४ ट्याब्लेट नाईट्रोजेपाम सहित पक्राउ गरेको हो । यसैगरी लाहानबाट गाईघाट तर्फ जाँदै गरेको ना १ ज ७३४३ नम्बरको बसमा सवार रहेका सप्तरीको खडक नगरपालिका(५ का २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोजलाई १८७ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!