खबर ठुलो छ

सैनिक जवान राधिका थापाले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिममा इतिहास रचेकी छिन् । कठिन मानिने सो तालिम सम्पन्न गर्ने उनी सेनाभित्र पहिलो महिला सैनिक बन्न सफल भएकी छिन् ।

‘प्रतिबिद्रोह तथा जंगल वारफेयर शिक्षालयमा मिति २०७७।०७।१८ गतेबाट माघ ६ गतेसम्म सञ्चालन भएको प्रतिविद्रोह तथा जंगल वारफेयर तालिममा सोही शिक्षालयकी महिला सैनिक जवान व्य.नं. २६३८०७ सिपाही राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकी छन्’, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सिन्धुपाल्चोकको मेलम्ची–२ थापाटोल ठेगाना भएकी उनी ०६९ असारमा नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन् । सैन्य आधार तालिम पश्चात उनी २०७० जेठमा शिक्षालयमा कार्यरत रहेकी थिइन् । उनले हाल सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारिरिक एवं मानसिक क्षमता माग तालिम सफलतापूर्वक सम्पन्न गरेकी हुन् । सेनाले उनले साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंशा गरेको छ ।

तीन महिनासम्म चल्ने उक्त तालिममा जंगल नेभिगेशन, धराप निर्माण गर्ने तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान तथा सीपहरु सिकाइन्छ । थापाले यसअघि नै बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरि सकेकी छन् ।

सेनाले यसअघि विभिन्न विधामा इतिहास रच्न सफल भएका महिला सैनिकको विववरण समेत सार्वजनिक गरेको छ ।

बिहिबार, माघ ०८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया