हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 600  पटक पढिएको

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको छ । यस ल्याबमा टिबीबाट बचाउनका लागि लगाइने बीसिजी खोप बनाउने गरिन्छ । प्राप्त समाचारअनुसार आगलागीबाट कुनै नोक्सानी भएको छैन । भवनबाट चार कर्मचारीहरुलाई सुरक्षित निकालिएको छ भने आगो निभाउनका लागि १० वटा दमकल परिचालन भएका छन् ।

सिरम इन्स्टिच्युटले यही भवन परिसरअन्तर्गत मन्जरी प्लान्टमा कोरोना भाइरसविरुद्धको कोविशिल्ड खोप उत्पादन गरिरहेको छ । रिपोर्टअनुसार कोविशिल्ड खोप उत्पादन गर्ने ठाउँसम्म आगो फैलिएको छैन । त्यसैले यसको उत्पादनमा आगलागीले कुनै असर गरेको छैन ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रुपमा विकसित गरेको यो खोपलाई भारतमा सिरमले उत्पादन गरेको हो । यो खोप भारतमा प्रयोगमा पनि आइसकेको छ ।

सिरमले के–के बनाउँछ ?

सिरमले पोलियो, डिप्थिरिया, टिटानस, पर्ट्युसिस, एचआईभी, बिसिजी, आर–हेपटाइटिस बी, खसरा, मम्प्स, रुबेलालगायत रोगका खोप बनाउँछ । यस कम्पनीले अहिले कोरोना खोप पनि बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!