हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 547  पटक पढिएको

भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो ।

भ्याक्सिन भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । त्रिभुवन विमानस्थलमा क्वात्राले त्रिपाठीलाई भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

भारतबाट निःशुल्क प्राप्त भएको भ्याक्सिन कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायतका लागि प्रयोग गरिने स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिए । उनले भ्याक्सिन अबको केही दिनमा प्रयोगमा ल्याइने बताए ।

भारतले आजै बँगलादेशलाई पनि भ्याक्सिन पठाएको छ । युरोपेली युनीयनका अलावा १८ देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोग भइरहेको छ । तर, गरिब देशहरुले भ्याक्सिन नपाइरहँदा नेपालले पाउनुलाई ठुलो सफलताका रुपमा लिइएको छ ।

भारतका छिमेकी देशहरुमध्ये नेपालसहित भुटान, बँगलादेश, म्यानमार, श्रीलंका र मालदिभ्सले भ्याक्सिन पाएका छन् । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड भ्याक्सिन धमाधम छिमेकी देशहरुमा पुर्याउन भारत जुटेको छ ।

भुटानले डेढ लाख र मालदिभ्सले एक लाख डोज भ्याक्सिन निःशुल्क पाएका छन् । बङ्गलादेशलाई २० लाख डोज भ्याक्सि पाएको छ । भारतले म्यानमार र सिसेलिसलाई पनि भ्याक्सिन अनुदानस्वरुप दिदैछ । श्रीलंका, मौरिसस, अफगानिस्तान र सिलेलिस पनि भ्याक्सिन पाउने सूचीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!