हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 569  पटक पढिएको

कोरोना महामारीका विच रिलिज भएको साउथ चलचित्र ‘मास्टर’ले भारतीय बक्स अफिसमा बम्पर व्यापार गरेको छ । ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको चलचित्रले एक सातामा १५० करोड ग्रस कलेक्शन गरेको छ ।

कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा साउथका सुपरस्टार नायक विजयको चलचित्र ‘मास्टर’ले दर्शक हलसम्म फर्काउन सफल भएको हो । तमिलनाडुका केही हलमा यो चलचित्र शत प्रतिशत अकुपेन्सीमा रिलिज भएको थियो । सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै ती हलहरुहरुलाई कारवाही गर्ने तयारी प्रहरीले गरेको छ ।

तर, यसको फाइदा चलचित्रको बक्स अफिस कलेक्शनमा भयो । विजयको यो पाँचौ चलचित्र हो, जसले भारतीय बक्स अफिसमा १५० करोडको आँकडा पार गर्न सफल भयो । यो चलचित्रले एक सातामा तमिलनाडुमा मात्र ९६ करोडको व्यापार गरेको छ । यस्तै, आन्ध्र प्रदेशमा २४ करोड, कर्नाटकमा १४ करोड र हिन्दी भाषामा ५ करोडको व्यापार चलचित्रले गरेको छ ।

चलचित्रले ओभरसिजमा ४.६ मिलियन डलरको व्यापार गरेको भारतीय मिडियाले बताएका छन् । चलचित्रको निर्माणपक्षले अब ‘मास्टर’लाई ओटीटी प्लेटफर्ममा पनि रिलिज गर्ने तयारी गरेको छ । फ्रेवुअरी १२ मा यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!