निजगढ नगरपालिका १२ रतनपुरी पानीसरा डाँडामा अवैध रुपले लगाइएको एक विघा १० कठ्ठा क्षेत्रफल जग्गाको गाँजा खेती नष्ट गरिएको छ ।
प्रहरीले लागू औषध गाँजा खेती नष्ट गर्ने कार्यलाई पनि निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बारा, ईलाका प्रहरी कार्यालय, निजगढ तथा प्रहरी चौकी रतनपुरीको संयुक्त टोलीमा रहेका २६ जना प्रहरीले बुधबार विहानदेखि गाँजा फडानी कार्य शुरु गरेको थियो । गाँजा फडानी कार्य अपरान्ह सम्म चलेको उहाँले जानकारी दिनुभयो ।