हिपमत डटकम

बुधबार, माघ ०७, २०७७ || 848  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पजस्तै हुने चेतावनी दिएका छन् ।संविधान विपरीत मनमानी तरिकाले काम गर्ने ट्रम्पलाई जाँदाजाँदै महाअभियोग खेप्नु परे झैं ओलीलाई पनि यस्तै सामना गर्नुपर्ने उनले बताए ।

संसद विघटनको विरोधमा जसपा सप्तरीले बुधबार सदरमुकाम राजविराजमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जाँदाजाँदै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि महाअभियोगको सामना गर्नुपर्ने बताए ।

‘जाँदाजाँदै ट्रम्पमाथि जसरी महाअभियोग लाग्यो, भोली नेपालमा पनि असंवैधानिक तरिकाले संसद विघटन गर्ने दुवै जनाविरुद्व यस्तो नहोला भन्न सकिन्न,’ उनले भने, ‘लोकतन्त्रमा यो सम्भव छ ।’

आफूले जे चाहन्छु त्यही हुन्छ भन्ने मानसिकता प्रधानमन्त्रीले बोकेको भएपनि त्यो काम नलाग्ने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीको यो ताकतमा कुनै दम छैन,’ उनले भने, ‘नेपालमै ठूला राजा महाराजाहरु आएर गएको अवस्था छ ।’

प्रधानमन्त्री ओलीले धेरै झुठ बोलिरहेको उनको आरोप छ । सुरुमा संवैधानिक तरिकाले संसद विघटन गरेको बताउने प्रधानमन्त्रीले असंवैधानिक चर्चा हुन थालेपछि राजनीतिक निर्णय गरेर विघटन गरेको बताउनुले असंवैधानिक कदम चालेको भनेर प्रधानमन्त्रीले स्वयं स्वीकारेको उनले बताए ।

संसद विघटनलाई सदर गराउन प्रधानमन्त्रीले सर्वाेच्चलाई धम्क्याउने काम गरिरहेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीको कदम सदर भए देशमा राजनीतिक अन्यौलता र संकट उत्पन्न हुने उनको भनाइ छ ।

आफूहरु सर्वाेच्चलाई सम्मान गर्ने गरेको बताउँदै अध्यक्ष यादवले सर्वाेच्चले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

संवैधानिक व्यवस्था र राजनीतिलाई लुडो खेल जस्तै बनाइएको बताउँदै उनले जसरी लुडोमा सर्पको मुखमा परेपछि गोटी पुनः तल आउँछ त्यसरी नै संवैधानिक व्यवस्थाको रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!