शेयर सप्ताहको चौथो दिन बुधवार नेप्से परिसूचक १५.८७ अंकले उकालो लागेर २३४२.७६ मा बन्द भएको छ । सप्ताहको तेस्रो दिन मंगलवार नेप्से कारोबार ५.५७ अंकले ओरालो लागे पनि बुधवार १५.८७ अंकले उकालो लागेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १८ अंकले बढेर ४४३ मा बन्द भएको छ ।

२११ कम्पनीको सहभागिता भएको यस बजारमा ६ अर्ब २१ करोड ०९ लाख ६६ हजार ०२६ को कारोबार भएको छ । त्यस्तै शेयर ट्रेड १ करोड ५९ लाख ८१ हजार ९५२ को भएको छ । बुधवारको बजारमा डिभलोपमेन्ट बैंक, हाइड्रो पावर, फाइनेन्स, ननलाइफ इन्सोरेन्स, माइक्रोफाइनेन्स, लाइफ इन्सोरेन्स, मिच्वल फण्डमा हरियो देखिएको छ भने बैंकिङ्ग, ट्रेडिङ्ग, होटल, मेनुफेक्चरिङ्ग एण्ड प्रोडक्टस र अदर्शमा रातो देखिएको छ । यस कारोबारमा १० कम्पनीको कारोबार ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

बुधवार सर्वाधिक एन एल आइ सी ६१ करोड ४० लाख ८९ हजार ५०६, प्रभु बैंक लि. २९ करोड ५२ लाख ३२ हजार ८५३, एन आर आइ सी २७ करोड ३६ लाख ५० हजार १३५, एस आइ सी एल २५ करोड १९ लाख ६५ हजार ६१३, एन आइ सी एशियाबैंक १८ करोड २८ लाख ६७ हजार ८८४ को कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!